लोक सम्वाददाता
जलेश्वर, साउन २२ गते ।
भारतको दिल्ली लगेर १५ दिनसम्म महोत्तरीको भंगहा नगरपालिकाकी एक १२ वर्षकी बालिकालाई बलात्कार गरकेो आरोपमा एकजना पक्राउ परेको छ ।
महोत्तरीको भंगहा नगरपालिका–६, थारुटोल बन्द्राका ४० वर्षका सियाराम महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
घटनापश्चात बालिकालाई घरमा ल्याएर फरार रहेका महतोलाई मंगलबार दिउँसो महोत्तरीको गौशालाबाट पक्राउ गरेको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताएका छन् । आरोपी महतोमाथि ७ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीले थप अनुसन्धान अघि बढाइएको छ ।
अनुसन्धानबाट आफ्नै आमाको सहयोगमा ती बालिका बलात्कृत भएको खुलेको छ । बलात्कारका आरोपीलाई बालिकाकी आमाले सहयोग गरेकी थिइन । बालिकाको आमालाई पनि नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सोधपुछ सहितको अनुसन्धान थालेको छ ।
बालिकाले घर फर्केपछि स्थानीयको सहयोगमा गत असार २२ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा आरोपित सियारामका साथै घटनामा सहयोग गर्ने सियारामका बुबा रामाशीश महतो र स्थानीय रामजतन महतोमाथि किटानी जाहेरी दर्ता गराएकी थिइन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !