लोक सम्वाददाता
जलेश्वर, साउन १४ गते ।
महोत्तरी जिल्लाको गौशाला नगरपालिका १० लक्ष्मिनिया स्थित जंगलमा एक हाथी मृत अवस्थामा भेटिएको छ ।
महोत्तरी प्रहरीका अनुसार मंगलबार लक्ष्मिनियास्थित पूर्व–पश्चिम राजमार्गदेखि करिब पाँच सय मीटर पूर्वपट्टीको जंगलमा मृत भेटिएको हो ।
ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यले जंगलमा हाती मृत रहेको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय गौशाला र वन विभागका कर्मचारी घटनास्थल पुगेर अनुसन्धान पक्रियालाई अगाडि बढाएका छन् ।
हाथीको घाँटीमा रेडियो कलर झुण्ड्याउन बेहोस पार्ने औषधीको प्रयोग गरेकै कारण हाती मरेको हुन सक्ने आशंका वन कर्मचारीको रहेको छ । हाती कसरी र किन मरेको सम्बन्धमा प्रहरी र वनकर्मी मिलेर अनुसन्धान गरिरहेको जिल्ला वन कार्यालय बर्दिबासका प्रमुखले बताए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !