लोक सम्वाददाता
जनकपुरधाम, साउन १४ गते ।
नेपाली जनता दलका युवा नेता मुञ्जय राउतमाथि छुरा प्रहार भएको छ ।
मंगलवार सांझ करीब साढे ८ बजे जनकपुरधाम उपमहानगरपालिका २ वकिल टोलमा मोटरसाइकलमा चढेर आएका अज्ञात समूहले मुन्जय राउत उपर छुरा प्रहार गरेको बताइएको छ ।
छुरा प्रहारबाट घाइते राउतको उपचार जनकपुरस्थित काव्या हस्पिटलमा भइरहेको छ । उपचार अवस्थामा रहेका राउतले संचारकर्मीसंग कुरा गर्दै मोटरसाईकलमा आएका दुई अज्ञात व्यक्तिको समूहले आफूमाथि छुरा प्रहार गरेको बताए ।
जनकपुरको वकिल टोलमा पल्सर मोटरसाईकल चढेर आएका दुई अज्ञात व्यक्तिले धमाधम छुरा प्रहार गर्दै फरार भएको राउतलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जनाएको छ । उनले घटना लगतै छुरा प्रहार गर्ने व्यक्तिको खोजी कार्य जारी रहेको समेत जनाएको छ ।
काव्या हस्पिटलको रेखदेख (बाउन्सर) को जिम्मेवारी सम्हाल्दै आएका राउतको प्युठ र कोखामा छुरा प्रहार गरिएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !