लोक सम्वाददाता
जनकपुरधाम, साउन १४ गते ।
रक्सी तस्करीको आरोपमा भारतीय दुई नबालकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
धनुषाको मुखियापट्टी मुसहर्नियाँ गाउँपालिका ५ जमुनीघाटस्थित नेपाल–भारत सीमाबाट अवैध रक्सी सहित भारत बिहार राज्यका मधुवनी जिल्लाका फुलहर बेलापर्सा वडा नम्बर ९ निवासी १६ बर्षीय राजकिशोर र १५ बर्षीय जयराम मुखिया पक्राउ परेको छ ।
पक्राउ परेका दुवै दाजु हुन् प्रहरीले उनलाई १२ वटा कार्टुनमा प्याक गरिएको सौंफी रक्सी टाउकोमा बोकेर जाँदै गर्दा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरीका प्रबक्ता रामेश्वर कार्कीले जानकारी दिए ।
पनि प्रदेश प्रहरी कार्यालय जनकपुर, ईलाका प्रहरी कार्यालय फुलगामा, सिमा प्रहरी चौकी लगमाजटही र प्रहरी चौकी बहेडाबेलाबाट खटिएको संयुक्त टोलीले यी दुई बालकलाई रक्सी बोकेर लग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।
भारतको बिहार राज्यमा रक्सी बिक्रीबितरण र प्रयोगमा समेत रोक लागेपछि अहिले बिहारका रक्सीप्रेमीहरु नेपाललाई आफ्नो गन्त्व्य बनाएका छन् । यो सँगसँगै बिहारकै कतिपय बासिन्दाहरु नेपालबाट रक्सी तस्करी गर्ने काममा लागेका छन् । आफूसँगै आफ्ना सन्तानलाई समेत रक्सी तस्करीमा लगाउने गरेको तथ्य ती दुई बालक पक्राउ परेपछि खुलासा भएको हो ।
पक्राउ परेकाहरुको परिवारै रक्सी तस्करीमा लागेको खुल्न आएको छ’ कार्कीले भने, यी दुईका आमा, बुवा पनि नेपालबाट बिहारतर्फ रक्सी लग्ने गरेको र महँगोमा बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बिहारमा रक्सी बन्द गरिएसँगै प्रदेश २ का आठ जिल्लाबाट रक्सीको अत्यधिक तस्करी हुने गरेको पाइएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !