लोक सम्वाददाता
जनकपुरधाम, साउन ८ गते ।
विवाहित पुरुषले श्रीमतिलाई छाडेर कानुन विपरित अर्को विवाह गरेको आरोपमा प्रहरीले नवविवाहित दम्पति पक्राउ गरेको छ ।
धनुषाको बटेश्वर गाउँपालिका २ बस्ने भुइचक्रपुरका अशोक कुमार महतो आफ्ना श्रीमतिलाई छाडेर बटेश्वर गाउँपालिका १ बस्ने अविवाहित सुजिता कुमारी महतोसँग केही महिना अगाडि कानून विपरित विवाह गरेको आरोपमा नवविवाहित दम्पति दुवैजना पक्राउ परेको हो ।
दुई छोराछोरीको बुवा समेत रहेका अशोक विरुद्ध उनको पहिलो श्रीमतीले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरीले गर्दा महोत्तरीको बर्दिबासमा डेरा लिई बस्दै आएको क्रममा दुवै जनालाई पक्राउ गरिएको कुरा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।
अशोक विवाहित भएपनि आफु अविवाहित केटा रहेको भन्दै जिल्ला अदालतबाट ४ महिना पहिले कानुनी रुपमा कोर्ट विवाह गर्दै सामाजिक रुपमा समेत विवाह गरेका थिए । उनले अर्को विवाह गरेपनि पहिलो श्रीमती संगै राखेर कुटपिट गर्दै आएको थियो, आजिज भई जेठी श्रीमतिले जिप्रकामा जाहेरी दिएपछि उनी पक्राउ परे । उनी विरुद्ध बहुविवाह मुददा लगाइएको प्रहरीले जनाएको छ ।
जिप्रका धनुषाका अनुसार नयाँ कानुन बमोजिम केटीको विवाह गर्ने उमेर नपुगेकाले गर्दा विवाह रदद हुने र केटा र केटीलाई दुवैलाई ५÷५ वर्षको जेल सजाय र ५०÷५० हजारको दरले जरिवाना हुन सक्ने प्रावधान रहेको बताएका छन् । कानुनलाई छलेर अदालतमार्फत विवाह गरेकाले थप सजाय समेत हुन सक्ने कानुन व्यवसायीहरुको भनाई छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !