लोक सम्वाददाता
वीरगञ्ज, साउन ८ गते ।
बारा प्रहरीले मोटरसाइकलमा आगो लगाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका ११ बस्ने २३ वर्षीय शम्भु पटेल र २० वर्षीय चोकट भन्ने धर्मेन्द्र साह गोढ रहेका छन् ।
सुवर्ण गाउँपालिका ७ बस्ने संजित यादव र नन्दकिशोर प्रसादले आफन्त पर्ने भारतीय नागरिक बिनोद यादवको बीआर०६एक्यु ९०११ र संदिपकुमार कौशलको बीआर०५क्यु ३२४९ नम्बरको मोटरसाइकल लिइ काम विशेषले कलैया आएका थिए ।
उनीहरुले कलैया उपमहानगरपालिका ५ स्थित राजिव पाण्डेको घरको कम्पाउण्डमो मोटरसाइकल रोकेर राखेका थिए । तिनै रोकी राखेको मोटरसाइकलमा साउन ३ गते बिहान आगजनी भएको थियो ।
घटनाको बारेमा प्रहरीमा उजुरी परे लगतै प्रहरी अनुसन्धान थालेको र सोही क्रममा उनीहरु प्रक्राउ परेको हो । पटेल र साहलाई पक्राउ गरी बारा जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !