लोक सम्वाददाता
जनकपुरधाम, साउन ८ गते ।
धनुषा प्रहरीले नक्कली सवारी चालक अनुमति पत्र बनाएको आरोपमा दुई जानलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जिल्लाका हंसपुर नगरपालिका ९ बालगंगा चौकबाट सोही नगरपालिकाका वडा नं. ६ का अलिअकबर मंसुर र औरही गाउँपालिका ६ का सब्जान मंसुरलाई नक्कली सवारी चालक अनुमति पत्र बनाउने घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको छ ।
आरोपित दुबै जना काठमाडौंमा नक्कली सवारी चालक अनुमति पत्र बनाई गाउँ घरका केटा मानिसहरुसंग पैसा लिई वितरण गरिरहेको गोप्य सूचनाको आधारमा औरही प्रहरी चौकीबाट खटिएका प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले खानतलासि गर्दा ५÷५ थान सवारी चालक अनुमति पत्र बरामद समेत गरेको छ । नियन्त्रणमा रहेका दुवैजना विरुद्ध जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान कार्य जिल्ला प्रहरी कार्यालय धनुषाले अघि बढाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !