लोक सम्वाददाता
वीरगञ्ज, साउन ८ गते ।
प्रदेश नम्बर २ का सभामुख सरोजकुमार यादवको पाटेक मारेको आरोपमा पक्राउ परेका अभियुक्त थुना हिरासतबाटै फरार भएका छन ।
चोरीको आरोपमा पक्राउ परेका भारतको मोतिहारी जिल्ला लिपनी ४ का स्थायी बासिन्दा १९ वर्षीय फिरोज मियाँ साउन ३ गते पक्राउ परेका थिए । बाराका डिएसपी रञ्जित राठौरका अनुसार मेसमा खाना खान लगिएको बेला उनी पर्खाल नाघेर फरार भएको पुष्टि गरेकाका छन् ।
प्रदेश २ का सभामुख सरोज यादवका अनुसार साउन ३ गते सिमरौनगढको हाट बजारमा गएको बेला मियाँले उनको पकेट मारेका थिए ।
सभामुख यादवको पकेट मारेर भाग्दै गरेको अवस्थामा उनलाई स्थानीय युवाले समातेका हुन् । म भीडभाडमा स्थानीयहरुसँग गफ गरिरहेको बेला मेरो पकेट मारेको एउटा अर्को युवकले देखेको रहेछ,’ सभामुखले भने, ’उसले समातेर ल्याएपछि पो मेरो पकेट मारिएको थाह भयो । उसले ५० हजार झिकेर भागेको रहेछ ।
सभामुख यादवले आफू हाट बजारमा घुम्न जाँदा त्यहाँ कुनै प्रहरी नदेखेको र पकेटमारलाई नियन्त्रणमा लिएर खबर गर्दा पनि त्यहाँको इन्चार्जले वेवास्ता गरेको दाबी गरे । मेरो पकेट मारेर भाग्यो त ठिक छ । छुरा हानेको भए के हुन्थ्यो ? उनले प्रश्न गरे ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !