Monday, July 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ सरकार भोग विलासितामा : गाडीमा मात्रै खर्चे पौने ३५ करोड


लोक सम्वाददाता
जनकपुरधाम, साउन ७ गते ।
अधिकार प्राप्तिका लागि १० वर्षे मधेश आन्दोलनबाट बनेका प्रदेश २ सरकार अहिले आन्दोलनको मर्म पुरा गर्नुभन्दा बढी भोग विलासितामा लिन भएका छन् ।
प्रदेश २ का प्रदेश सभा र मुख्यमन्त्रीदेखि मन्त्रीसम्मका पदाधिकारीलागि गाडी खरीदमा मात्रै गत आ.ब. मा ३४ करोड ७५ लाख रुपैया बराबरको गाडी खरीदमा खर्चेका छन् ।
प्राप्त जानकारी अनुसार प्रदेश २ को प्रदेश सभाले मात्रै ८ करोड ३२ लाख रुपैयाको गाडि खरिद गरेको छ । प्रदेश सभाले २ वटा टेरोना कार,९ वटा स्कार्पियो,एउटा स्कर्पियो पिकअप, २ वटा अर्बन निशान र एउटा सेलेरियो गाडि र १४ वटा मोटरसाईकल खरिद गरेको छ ।
प्रदेश सभाका सदस्यहरुलाई घरबाट प्रदेश सभा सम्म ल्याउनको लागि अर्बन निसान र सचिवको लागि सेलेरियो गाडि खरिद गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा सचिवालयका निमित्त सचिव रंजितकुमार यादवले प्रदेश सभामा १२ वटा मोटरसाईकल गरिख गरिएको छ । उनले मोटरसाईकल खरिदमा १८ लाख ७४ हजार खर्च भएको जानकारी दिए ।
सभामुख सरोजकुमार यादवको लागि टेरानो र स्कारपिओ,गाडि खरिद गरिएको छ । त्यसैगरि उपसभामुख अनुपमा देवको लागि टेरानो गाडि खरिद गरिएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले समेत जथाभावि रुपमा गाडि खरिद गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गत आर्थिक वर्षमा ४ करोड १६ लाख रुपैया गाडि खरिदमा लागेका छन ।
कार्यालयले ५ वटा गाडि र १५ वटा मोटरसाईकल खरिद गरेको छ । चार पाग्रे पांच वटा र मोटरसाईकल १५ वटा किन्ने सो रकम खर्च गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले सबै भन्दा महंगो गाडिमा चढने गरेका छन। सो गाडिको मोल एक करोड ६२ लाख रहेको छ । मुख्यमन्त्री राउत फरचुनर गाडि चढने गरेका छन ।
प्रमुख सचिवले ६१ लाख ८५ हजारको टोयटा ,कानुन सचिव र प्रशासन सचिवले ५३ लाखको गाडि किनेका छन । यस वाहेक दर्जनौ मोटरसाईकल समेत खरिद गरिएको छ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले सुशासनको नारा दिएपनि उनकै कार्यालयमा सरकारी गाडी प्रयोगमा ब्रह्मलूट मच्चाइएको छ ।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिवदेखि, स्वकीय सचिव र सचिवालयमा काम गर्ने करारका कर्मचारी समेतले सवारी सुविधा लिँदै आएका छन् । मुख्यमन्त्री राउतका निजी सचिव, प्रमुख स्वकीय सचिव र सचिवालयमा रहेका समाजवादी पार्टी नेपालका नेताहरूले पनि चारपांग्रे देखि दुईपांग्रे सवारी साधन प्रयोग गर्ने गरेको पाइएको छ ।
मुख्यमन्त्री राउतका स्वकीय सचिव दीपक यादवले पनि सरकारी गाडी दुरूपयोग गरिरहेका छन् । मुख्यमन्त्री राउतकै गृहजिल्ला पर्साका यादवले कानूनविपरीत गाडी चढ्दै आएका हुन् । उनले बा २ झ २६१० नम्बरको पिकअप भ्यान चढिरहेका छन् । उनलाई सरकारी गाडी उपलब्ध गराउनुपर्ने कुनै नीतिगत व्यवस्था छैन । उनी समाजवादी पार्टी नेपाल, प्रदेश नम्बर २ का प्रदेश कमिटी सदस्य हुन् ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले गाडि खरिदमा मात्रै ६ करोड ५२ लाख रुपैया खर्च गरेको छ। मन्त्री ,राज्यमन्त्री,सचिवका लागि ५ वटा गाडि खरिद गरिएको छ । निति अयोगका उपाध्यक्ष र ४ जना सदस्य गरि पांच जनाको लागि चार वटा डस्टर र एउटा क्रेटा कार खरिद गरिएको छ । निति आयोगको लागि थप दुई करोड ७० लाख रुपैया खर्च भएको छ ।
आर्थिक मामिला मन्त्रालयका उपसचिव अर्जुनकुमार न्यौपानेले मन्त्रालय स्थापना भएको बेलामा दुई वटा गाडि खरिद गरिएको र अहिले आएर ४ वटा गाडि खरिद गरिएको जानकारी दिए । आन्तिरिक मामिलता तथा कानुन मन्त्रालयले समेत गाडि किनेका छन । सो मन्त्रालयले २ करोड ८४ लाख रुपैया गाडि खरिदमा खर्च गरेको छ ।
मन्त्री र राज्य मन्त्रीको लागि २ वटा स्टोर्म,सचिवको लागि एउटा टोयोटा रश र एउटा क्रेटा गरि ४ वटा गाडि खरिद गरेको छ। सो मन्त्रालयले १३ वटा मोटरसाईकल खरिद समेत गरेको छ । गाडि किन्नेमा भौतिक पुर्वाधार मन्त्रालय समेत अगाडि देखिएको छ। मन्त्रालयले करिब २ करोड ३७ लाख मुल्य बराबरको गाडि खरिद गरेको छ ।
मन्त्री र राज्य मन्त्रीको लागि दुई र सचिवको लागि थप एक गरि ३ वटा टाटा स्टोर्म खरिद गरेको छ। मन्त्रालयले १७ वटा मोटरसाईकल समेत खरिद गरेको छ। समाजिक विकास मन्त्रालयले समेत गाडि खरिदमा मात्रै २ करोड १७ लाख रुपैया खर्च गरेको छ । मन्त्री र राज्यमन्त्रीको लागि एउटा टोयोटा रश सहित ३ वटा गाडि खरिद गरेको छ । मन्त्रालयले ३ वटा स्कुटर र ३ वटा मोटरसाईकल खरिद गरेको छ ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले २ करोड ४२ लाख रुपैया गाडि खरिदमा खर्च गरेको छ। मन्त्री र राज्यमन्त्रका लागि एउटा टोयोटा रशसहित ३ वटा गाडि खरिद रहेको छ । मन्त्रालयले १५ वटा मोटरसाईकल समेत खरिद गरेको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गाडि खरिदमा २ करोड ५४लाख रुपैया खर्च गरेको छ । मन्त्री राज्यमन्त्रीको लागि २ वटा र सचिवको लागि एउटा सहित ३ वटा गाडि खरिद गरेको छ । मन्त्रालयले १६ वटा मोटरसाईकल समेत खरिद गरेको छ ।
प्रदेश प्रमुखको लागि ६५ लाखको गाडि खरिद गरिएको छ। सचिवको लागि ५७ लाख गरि कुल १ करोड २२ लाख रुपैया गाडि खरिदमा खर्च गरेको छ । त्यसैगरि प्रदेशको मुख्य न्याधिवक्ताको कार्यालयको लागि गाडि खरिदमा १ करोड ९ लाख रुपैया खर्च भएको छ । प्रदेश दुईका धेरै जिल्लाहरुमा मानव विकासको सुचांकमा धेरै पछाडि रहेपनि प्रदेश सरकारका मन्त्रीहरु अहिले मोजमस्तीमा देखिन्छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे
Blast News

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च
Blast News

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’
Blast News

थन्किएकाे बजेटमाथि छलफल आज : प्रतिपक्ष अडिग, सरकार पक्ष पेलेर जाने तयारीमा

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ
Blast News

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक
Blast News

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी
Blast News

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

ताजा खबर

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’

थन्किएकाे बजेटमाथि छलफल आज : प्रतिपक्ष अडिग, सरकार पक्ष पेलेर जाने तयारीमा

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव