लोक सम्वाददाता
जनकपुरधाम, साउन ७ गते ।
भ्रष्टाचारको थलो बन्दै गएको प्रदेश २ सरकारले मन्दिरको निर्माण कार्यमा पनि भ्रष्टाचार गर्नबाट अछुतो रहेन । प्रदेशका राजधानी जनकपुरधाम स्थित जानकी मन्दिरको प्रागंणमा निर्माण भइरहेको सन्त आवास कमसल र गुणस्तरहीन मात्रै होइन लाखौ रुपैया भ्रष्टाचार समेत भएको देखिन्छ ।
प्रदेशका समाजिक विकास मन्त्रालयबाट आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा बढीमा ३० लाख लागत लाग्ने ८ कोठे भवनका लागि ९० लाख रुपैया छुटयाएको छ । ९० लाख रुपैया यति ठूलो रकम हुँदा हुँदै निर्माण कार्य गुणस्तरहीन र कमल भइरहेको देखिएको छ । सो निर्माणाधीन भवनमा दुई नम्बर ईटा प्रयोग भइरहेको निर्माण स्थलमा प्रष्टै देख्न सकिन्छ ।
आर्थिक वर्ष सकिन्न लाग्दा २२ दिनमा काम सम्पन्न गर्ने गरी उपभोक्ता समिति मार्फत निर्माण गर्न लगाइयो । तर आ.ब. सम्पन्न भएको एक हप्ता बितिसक्दा पनि निर्माण चरणको पहिलो स्टेज जग हाल्ने काम पनि सम्पन्न भएको छ ।
कमीशनको आधारमा र आसेपासे सहित आ आफ्ना दलीय कार्यकर्तालाई योजना बाँडने मन्त्रालयको रुपमा चर्चित समाजिक विकास मन्त्रालयले मन्दिरको सन्त आवास निर्माण कार्यमा ठूलै रकम चलखेल गरेको देखिन्छ । समाजिक विकास मन्त्रालयले प्रदेश सरकारको निति निर्माण र आफ्ना जिम्मेवारीलाई लत्याउंदै सन्त आवास निर्माण कार्य गराईरहेको जानकारहरुको भनाई छ ।
उनीहरुले मठ मन्दिर, पोखरी तलाउ लगायत सांस्कृतिक र पर्यटकीय सँग जोडिएको धरोहरको निर्माण सहितका अन्य कार्य प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालय र विकास तथा पहिचान सँग जोडिएका भौतिक संरचनाको कार्य भौतिक पुर्वाधार विकास मन्त्रालयले गर्ने हो । समाजिक विकास मन्त्रालयले स्वास्थ्य, शिक्षा सहित विभिन्न समाजिक जनचेतनामूलक कार्यमा लगानी हो ।
मन्दिरका उतराधिकारी महन्थ रामरोशन दास वैष्णवले प्रदेश सरकारको समाजिक विकास मन्त्रालयद्वारा उपभोक्ता समिति मार्फत सन्त आवासको निर्माण भइरहेको छ । कमसल, गुणस्तरहीन कार्य र भ्रष्टाचार भन्ने कुरा आफूले पनि सुनेको छु तर यससँग आफूलाई कुनै सरोकार छैन, यसलाई हेर्ने नियमक निकायहरु रहेको भने ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !