लोक सम्वाददाता
इटहरी, साउन ६ गते ।
एक भारतीय नागरिकको सुनसरीको देवानगञ्ज गाउँपालिका २ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक घाँटी रेटी नागरिकको हत्या गरिएको छ ।
भारत अररीया जिल्ला मानिकपुर घर भएका करीब ४० वर्षीय बिलु यादवको धारिलो हतियार प्रयोग गरी घाँटी रेटी हत्या गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए ।
हत्या गर्ने मेहता जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेका छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !