लोक सम्वाददाता
जनकपुरधाम, साउन ६ गते ।
संघीय सरकारले विभिन्न कानून बनाउने क्रममा अब फोन वा एसएमएस मार्फत कसैलाई गाली बेइज्जती गरेमा १५ लाख रुपैया जरिवाना सहित एकवर्ष जेल सजाय व्यवस्था हुने गरी कानून ल्याउन लागेको छ ।
सूचना प्रविधि विद्येयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सजायको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन प्रयोगकर्ताका लागि पनि उस्तै प्रावधान राखेर कानुन मस्यौदा तयार पारेको छ ।
दूरसञ्चार सेवाका माध्यमबाट कसैलाई गाली, धम्की, बेइज्जती वा दुख दिएके खण्डमा १५ लाखसम्म जरिवाना र एक वर्षसम्म जेल हुने प्रस्ताव गर्दै कानुनको मस्यौदा बनाइएको हो । फोन गरेर वा एसएमएसमार्फत अरुलाई गाली गर्ने वा धम्क्याउनेलाई लक्षित गर्दै मस्यौदामा कडा सजायको प्रावधान राखिएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको नयाँ दूरसञ्चार ऐनको मस्यौदामा दूरसञ्चार सेवाका माध्यमबाट गाली गर्ने, धम्क्याउने वा अनावश्यक दुख दिने काम गरे १० देखि १५ लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैदा वा दुवै सजाय हुने प्रावधान छ । हुन फौजदारी ऐनमा पनि यस्तै व्यवस्था गरिएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !