लोक सम्वाददाता
जनकपुरधाम, साउन ४ गते ।
प्रदेश २ सरकारले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत धनुषाको मिथिला विहारी नगरपालिका स्थित मावि मिथिलेश्वरका ६४ जना छात्राहरुलाई साइकल वितरण गरेको छ ।
शनिवार विद्यालयको प्राङ्गणमा आयोजित साइकल वितरण कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले उक्त विद्यालयको कक्षा आठमा अध्ययनरत छात्राहरुलाई आफ्नै हाथ साइकल वितरण गरेका हुन ।
छात्राहरुलाई साइकल उपलब्ध गराउनु हुँदै मुख्यमन्त्री राउतले महिलाहरु शिक्षित नभए सम्म प्रदेश समृद्ध नहुने भएकाले प्रदेश सरकार महिला शिक्षालाई प्राथमिकतामा राखेको बताए ।
उनले बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गतका कार्यक्रमहरुले महिला शिक्षाका साथै समाजिक रुपान्तरण महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै यस अभियानमा सहयोग गर्न सबै पक्ष संग आग्रह समेत गरे ।
विद्यालयका प्रअ लालबाबु यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, प्रदेश सभा सदस्य रामचन्द्र मण्डल , मिथिला विहारी नपाका मेयर अनिल यादव सहितको उपस्थिति रहेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !