लोक सम्वाददाता
बर्दिबास, साउन ४ गते ।
महोत्तरीको बर्दिवास नगरपालिका ४ स्थित विश्वकर्मा चोकमा सर्पको टोकाइबाट एक युवकको मृतयु भएको छ ।
विश्वकर्मा चोकमा चिया पसल संचालन गर्दै आएका बर्दिवास ४ घर रहेको २५ वर्षिय शिवनाथ महतोको शनिबार सर्पको टोकाईबाट मृत्यु भएको छ । महतोले आफ्नै चिया पसलको छाना मर्मत गर्ने क्रममा गौहमन सर्पले टोकेको बुझिएको छ ।
उनलाई उपचारको लागि सर्ला्हिको नवलपुरमा स्थित रहेको सर्पदंश उपचार केन्द्रमा लगिएको थियो । केन्द्रमा उपचार सम्भव नभएपछि उनलाई बर्दिवासको शुभस्वस्तिक अस्पतालमा लगिएको थियो ।
तर शुभस्वस्तिक अस्पतालमा जाँदा मृत्यु भइसकेको थियो भन्ने कुरा ईलाका प्रहरी कार्यालय बर्दिवासले बताएको छ । मृत शरिरलाई पोस्टमार्टमको लागि जलेश्वर पठाएको प्रहरी नायक उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिएका छन् ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !