लोक सम्वाददाता
जनकपुरधाम, साउन ३ गते ।
समाजवादी पार्टी जनकपुरधाम उपमहानगरपालिका नगर कार्यसमितिमा पदाधिकारी चयन सहित कार्यसमिति विस्तार गरिएको छ ।
शुक्रवार अध्यक्ष विष्णुदेव साहको अध्यक्षतामा बसेको नगर कार्यसमितिको बैठकबाट उपाध्यक्षमा राजेन्द्र यादव, वसिम अकरम, श्रवण यादव, सचिवमा रामो महरा, सह सचिवमा शिवशंकर साह, विमला देवी, कोषाध्यक्षमा जगदीश यादव चयन गरी ४५ सदस्यीय कार्य समिति विस्तार गरिएको छ ।
त्यसैगरी सचिव रामो महराको नेतृत्वमा उपमहानगरपालिकाको २५ वटै वडामा बाढीबाट भएको धनजनको क्षतिको विवरण संकलन गर्न ५ सदस्यीय समिति समेत गठन गरिएको छ । सो समितिले संकलन गरेको विवरणलाई स्थानीय प्रदेश सरकारसँग राहत तथा क्षतिपुर्तिका लागि नगर कार्यसमितिले मांग गर्ने अध्यक्ष विष्णुदेव साहले जनाएको छ ।
करीब ३ महिना अघि सम्पन्न भएको निर्वाचनबाट चयनति सदस्यहरुलाई सो बैठकबाट पदभार जिम्मेवारी दिइएको हो । निर्वाचन सम्पन्न भएपनि चयनित सदस्यहरुलाई तात्कालिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एककीकरणका लागि पदभार जिम्मेवारी रोकिएको थियो ।
दुवै पार्टीबीच एकीकरण पश्चात नयाँ रुपले समाजवादी पार्टीको कार्यसमिति विस्तार सहित पदाधिकारी चयन गरिएको हो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !