लोक सम्वाददाता
जनकपुरधाम, असार २३ गते ।
जनकपुरधाम उपमहानगरपालिकाले मेयरकप प्रतियोगितामा भ्रष्टाचार गरेको भन्ने आवाज उठन थालेपछि असार मसान्त सकिन्न लागेको बेला सोमवारदेखि प्रतियोगिता शुरु भएको छ ।
मेयरकपका लागि छुटयाइएको ४० लाख रुपैया मध्ये १० लाखभन्दा बढी रकम पहिला नै उपमहागरपालिकाले खर्च गरिसकेको छ । सोही रकम बारे विभिन्न संचार माध्यममा समाचार प्रकाशन गरेपछि उपमहानगरपालिको बल्ल मेयरकप शुरु गरेको हो ।
धनुषा जिल्ला खेलकूद विकास समितिको समन्वय र जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा जनकपुरधाममा यो मेयर कप गराउन लागिएको हो । कुल ६ सय २८ जना खेलाडीको सहभागिता हुने सो प्रतियोगिताको प्रत्येक खेलमा प्रथम हुने टीमलाई ३० हजार दोश्रोलाइ २० हजार तेस्रोलाई ११ हजार नगद ट्राफी र प्रमाण पत्र समेत प्रदान गरिने जनाइएको छ ।
सो मेयरकप प्रतियोगितामा कराते, तैकण्डो, कवड़ी (पुरुष र महिला), भलीवल र फुबल खेलको आयोजना उपमहानगरपालिकाले सोमवार नै एक पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिए ।
जनकपुर उद्योग वाणिज्य संघ महासचिवको संयोजकत्वमा हुने सो प्रतियोगिताको अन्तिम दिन प्रभातफेरी २५ गते विहान ७ बजे तिरहुतिया गाछीबाट आयोजना समेत गरिने जनाइएको छ ।
पत्रकारहरुले प्रतियोगिताको रकम भ्रष्टाचार गरिएको राखेको जिज्ञासामा आयोजक पक्षले प्राविधिक कारण र मौसम प्रतिकुल नभएको कारण प्रतियोगिता आयोजना गर्न ढिलाई भएको जवाफ दिए ।
चालु आर्थिक वर्षमा मेयरकपका लागि ४० लाख रुपैया छुटयाइएकोमा १० लाख ७८ हजार २ सय ५० खर्च भइसकेको कारण मेयरकपका लागि बांकी रहेका २९ लाख २१ हजार ७ सय ५० रुपैया दिइएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !