लोक सम्वाददाता
जनकपुरधाम, असार २२ गते ।
जनकपुर अञ्चलमा पहिलो पटक बर्जर पेन्टस नेपालको गोल्डकार्ड फ्रेनचाइजी शो रुम खुलेको छ ।
जनकपुरधाम उपमहानगरपालिका ७ जिरोमाइलमा स्थित आर एन ट्रेडर्स नामक बर्जर पेन्टसका अधिकृत विक्रेताले संचालनमा ल्याएको शो रुमको एक समारोहका बीच उद्घाटन गरिएको छ ।
सो शो रुमको उद्घाटन जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साह र कम्पनीका वरिष्ठ सेल्स आलोक मिश्राले संयुक्त रुपमा गरेका थिए । उदघाटन समारोहमा जउनपा वडा नं. ७ का अध्यक्ष जानकीराम साह, २३ का अध्यक्ष शत्रुध्न पाण्डे, कम्पनीका सेल्स तथा मार्केटिंग प्रमुख गणेश मिश्रा लगायत राजनीतिक दलका प्रतिनिधि, उद्योगी व्यवसायी, नागरिक समाजका अगूवाहरुको सहभागिता रहेको थियो ।
युवा व्यवसायी निरज साहद्वारा संचालनमा ल्याइएको सो फ्रेनचाइजी शो रुममा बर्जर पेन्टसका सम्पूर्ण उत्पादन तथा सेवाहरु उपलब्ध गराइने छ । बहुराष्ट्रिय कम्पनीको रुपमा रहेका बर्जर पेन्टसले नेपालमा १९ वर्षदेखि रंगरोगनको व्यवसाय गर्दै आएको छ ।
हाल उक्त शो रुमबाट सिल्क, सिल्क ग्लेमर, अलगार्ड, लंगलाईफ लगायतका प्रमुख ब्राण्डका बर्जरको पेन्टस उपलब्ध रहेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !