लोक सम्वाददाता
जनकपुरधाम, असार २२ गते ।
विश्वमै धार्मिक तथा पर्यटकीय नगरको रुपमा चिनिएका जनकपुरधाम उपमहानगरपालिका अहिले भ्रष्टाचारको थलो बनेको छ ।
चालु आर्थिक वर्ष २०७५÷०७६ मा कम्प्यूटर खरीद तथा मरम्मत सम्भार मात्रै लाखौ रुपैया भ्रष्टाचार भएको देखिएको छ । कम्प्युटर, प्रिन्टर, स्कयानर,फयाक्स तथा अन्य उपकरण मर्मतमा २२ लाख ५८ हजार ५सय २० रुपैया उपमहानगरपालिकाले जेठ असार मसान्त सम्म खर्च गरेको छ ।
एक जना बोर्ड प्रतिनिधिका अनुसार कम्प्यूटर सामाग्री मरम्मत सम्भारमा केही पसलहरुको नक्कली बिल तयार गरिएर यसरी अनियमितता हुने गरिएको छ । जबकि कार्यालयका लागि त्यति रकममा त नयाँ सामाग्री किन्न सकिने छ ।
कम्प्यूटर खरीदमा भने ५५ लाख रुपैया बराबरको कम्प्यूटर खरीद गरेको अनुमानित खर्च देखाएको छ । गएको असार १३ गते सम्पन्न चौथो नगरसभामा प्रस्तुत गरिएको आय व्यय विवरणमा कम्प्यूटर पुँजीगत खर्च तर्फ कार्यालयका लागि इलेक्ट्रिोनिक एवं कम्प्यूटर खरीदमा २५ लाख र वडाहरुमा कम्प्यूटर जडानका लागि ३० लाख रुपैया देखाइएको छ । तर बिल भर्पाई मिलान गर्न ढिलाई र विवाद उत्पन्न हुन सक्ने डरले उपमहानगरपालिकाले जेठ मसान्तसम्मको खर्चमा नदेखाएको श्रोतको दाबी छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !