लोक सम्वाददाता
जनकपुरधाम, असार २१ गते ।
काठको घर निर्माण गर्ने क्रममा महोत्तरीको सोनमा गाउँपालिका २ मा एक मजदूरको मृत्यु भएको छ ।
शनिवार स्थानीय नागेश्वर यादवको काठको दूई तल्ले घर निर्माण गर्ने क्रममा लडेर सोही जिल्लाको गौशला नगरपालिका १० निवासी टुकेबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रक्सी खाएर घर निर्माण गर्न घरमाथि काठमा चढेको बेला लडेर मृत्यु भएको स्थानीयले बताएका छन् । तर प्रहरीले पोष्टमार्टम रिपोर्ट आइपछि मात्रै यस बारे केही भन्न सक्ने जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !