एजेन्सी : असार २० गते।
बंगलादेशलाई हराएर पनि पाकिस्तान ईंगलैण्डमा जारी १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेटबाट बाहिरिएको छ ।
पाकिस्तान बाहिरिएसँगै न्यूजिल्याण्डले रन रेटको आधारमा आफ्नो स्थान पक्का गरेको छ । शुक्रवार राति ईगलैंडको ऐतिहासिल मैदानमा सम्पन्न खेलमा बंगलादेशलाई पाकिस्तानले ३ सय १६ रनको लक्ष्य दिई ९४ ले हराए पनि आफ्नो स्थान जोगाउन सकेन।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा ३ सय १५ रन जोडेको थियो । जवाफमा बंगलादेशले ४४.१ ओभरमा सबै विकेट गुमाउदै मात्र २२१ रन बनाएका थिए।
पाकिस्तानका लागि इमाम उल हकले शतक पुरा गरे । १०० बलको सामना गरेका उनले सात चौकाको मद्दतमा १०० रन जोडे ।
त्यस्तै बाबर आजमले ९६, इमाद वासिमले ४३ माहम्मद हफिजले २७ र फखर जमनले १३ रन जोडेपनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।
बलिङतर्फ बंलादेशका मुस्ताफिजुर रहमानले सर्वाधिक पाँच, मोहम्मद सैफुद्दिनले तीन र मेहदी हसन मिर्जाले १ विकेट लिएका थिए । सेमिफाइनलमा भारत, अष्ट्रेलिया, ईगलैंड र न्यूजिल्याण्ड पुगेको छ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !