लोक सम्वाददाता
जनकपुरधाम, असार २० गते ।
अस्थायी शिक्षकहरुलाई पुर्ववत रुपमा उमेरको हदसम्म पेशाको ग्यारेन्टीको माँग गर्दै प्रदेश २ का अस्थायी शिक्षकहरु मुख्यमन्त्री तथा परिषद कार्यालय अगाडि धर्ना दिएका छन् ।
पेशाको ग्यारेन्टी र औषधी उपचारको व्यवस्थाको माग गर्दै आन्दोलन परिचालन समितिको अगुवाईमा शिक्षकहरुले शुक्रवार बिहान ११ बजेदेखि दिउंसो ४ बजेसम्म धर्ना दिएका हुन ।
अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका संयोजक धमेन्द्र कुमार यादवले संघिय सरकारको गलत नितिका कारण प्रदेश २ का करिव १ हजार २ सय शिक्षकको रोजगार खोसिएको दुखेसो पोखे ।
संविधानको धारा ३३ मा मौलिक हक अन्तर्गत रोजगारीको व्यस्था गरिएपनि सरकारले आफुहरुलाई बुढेशकालमा सडकमा आन्दोलन गर्न वाध्य बनाएको आरोप लगाउंदै असार २२ गतेसम्म धर्ना कार्यक्रमलाई जारी राख्दै त्यसपछि कडा आन्दोलनमा जाने चेतावनी उनीहरुले दिएका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !