लोक सम्वाददाता
जनकपुरधाम, असार १९ गते ।
संघीय राजधानी काठमाडौपछि अब प्रदेश २ का राजधानी जनकपुरधाम स्थित धनुषा जिल्लामा सिरिञ्च आक्रमणको घटना फैलिन थालेको छ ।
बिहीवार धनुषाको सबैला नगरपालिका ५ स्थित बलुवा नदी नजिक धनुषाधाम नगरपालिका निवासी शिक्षक मदनकुमार अधिकारीमािथ सिरिञ्ज आक्रमण गरिएको घटना बाहरिएको छ ।
जिल्लाको ठिल्लास्थित विद्यालयमा कार्यरत शिक्षक अधिकारी डियुटी गइरहेको भारतीय मोटरसाइकल चढेर आएका अपरिचित ब्यक्ति सुई घोपेर भागेको बताइएको छ । घटना पश्चात सुईको प्रभावले उनी घाइते समेत भएको थियो ।
शिक्षक अधिकारीले घटना बारे संचारकर्मी सँग भने भारतीय नम्बरको मोटरसाइकलमा चढेर आएका व्यक्तिले मलाई रोक्न ईशारा गरयो, म मोटरसाइकल रोक्न बितिकै दायाँ हातमा सुई घोपेका थिए ।
सुइको प्रभावले घाइते भए र केही समयपछि होश आएपछि ती व्यक्ति भागिसकेको थियो । होश आए लगतै आफू आफू उपचारका लागि जनकपुर अंचल अस्पताल आए तर चिकित्सकहरुले समेत के घोपिएको हो ठम्याउन सकेन र समस्या भए पुनः अस्पताल आउन भनेको उनले बताए ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले भने सिरिञ्ज घोपिएको घटना सत्य हो तर पिडितले सुई घोप्नेको हुलिया र गाडी नम्बर खुलाउन नसकेको कारण खोजतलाशमा समस्या भइरहेको बताए ।
साथै उनले घटना बारे अनुसन्धान गरिरहेको उनले समेत बताए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !