लोक सम्वाददाता
जनकपुरधाम, असार १९ गते ।
महोत्तरीको बर्दिवास नगरपालिका ६ र ७ प्रेमनगरमा लाखौको डकैती गरेर भाग्ने क्रममा एक डाँका पक्राउ परेको छ ।
बुधबार अबेर राति १०÷११ जनाको समुहमा आएको डाकाहरुले सुनचादि, नगद रुपैया गरि करिब १५ लाख बराबरको धनमाल लुटेर फरार भए तर ती मध्येका सर्लाही जिल्ला चन्द्रपुर नगरपालिका निवासी देवनारायण कापड पक्राउ परे ।
बर्दिबास नगरपालिकाको ७ का रामसुनर महतो र ६ का चन्देश्वर महतोको घरमा डकैती गरेर भाग्ने क्रममा डाँका कापडलाई स्थानीयले पक्राउ गर्न सफल भयो । स्थानीयले ती डाकालाई कुटपिट समेत गरेका छन ।
डाँका कापडको साथबाट एक थान पेस्तोल पनि बरामद भएको छ । बरामद पेस्तोल र डाकालाई प्रहरीको जिम्मा लगाएको छ । घाइते डाकाको उपचार बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा भइरहेको छ ।
डाँकाहरुले कुटपिट गरी धरधनीलाई समेत घाईते बनाएका छन् । पीडित परिवारका ५ जनालाई घाइते बनाएको र बर्दिबासमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । सबैलाई टाउकोमा प्रहार गरिएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !