लोकपुकार सम्वाददाता
इनरर्वा, असार १८ गते ।
प्रहरीले ईटहरी उपमहानगरपालिका १५ का वडाध्यक्ष श्रवणकुमार चौधरीसहित ५ जनालाई जुवा खेलिरहेको अवस्थामै पक्राउ गरेको छ ।
सो जुवा खालबाट प्रहरीले २ लाख नगद रुपैया समेत बरामद गरेको छ । वडाध्यक्ष चौधरीसँगै पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका ६ का रुपेशकुमार तामाङ, ग्रामथान ५ का लालबहादुर चौधरी, गढी गाउँपालिका ३ का रमेश चौधरी र सोही ठाउँका जोगेन्द्र उराव रहेका छन् ।
दुहवी १२ स्थित गंगा चौधरीको घरमा जुवा खेलिरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुनसरीका प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्र फुयाँलका अनुसार गोप्य सूचनाको आधारमा छापा मारेपछि वडाध्यक्ष चौधरीसहित ५ जना पक्राउ परेको पुष्टि गरेका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !