लोक सम्वाददाता
राजविराज, असार १७ गते ।
सप्तरीमा एक प्रहरी हवलदारले आफ्नै काकीलाई बोक्सी आरोपमा पटक पटक कुटपिट गर्दै आएको खुलासा भएको छ।
जिल्लाको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडा निवासी प्रहरी हवलदार कमलदेव यादवले बोक्सी आरोपमा पटक पटक कुटपिट गर्दै आएको ५३ बर्षीया जशोधियादेवी यादवले खुलासा गरेकी छिन।
पीडित महिलाले सदरमुकाम राजविराजमा सोमबार पत्रकार सम्मेलन गरी कुटपिटबारे जानकारी गराएकी हुन् ।
‘एक, दुई पटक मात्र होइन, धेरै पटक आफूलाई कुटपिट गर्दै आएका छन् कमलदेवले’ उनले भने, “पछिल्लो पटक शनिबार कुटपिट गरिरहँदा बचाउन आएकी आफ्नी छोरीलाई समेत उनले कुटपिट गरेका छन् ।” छोरा वैदेशिक रोजगारमा रहँदा आफू बुहारीसँगै बस्दै आएको बताउँदै जशोधियादेवीले भनिन्, “काठमाडौंमा कार्यरत कमलदेव जहिल्यै घर आउँदा आफूलाई बोक्सीको आरोप लगाउँदै कुटपिट गर्दै आएका छन् ।
कमलदेवले गरेको कुटपिट सम्बन्धमा स्थानीय प्रहरीदेखि जिल्ला प्रहरी कार्यालयसम्म निवेदन दिँदा समेत प्रहरीले निवेदन दर्ता नगरेको गुनासो समेत उनले पत्रकार सम्मेलनमा गरिन । जिल्ला प्रहरी कार्यालय, सप्तरीका डिएसपी भावेश रिमालले भने घट्नाको छानबीन भइरहेको जनाएको छ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !