लोक सम्वाददाता
जनकपुरधाम, असार १६ गते।
सिरहाको लहान नगरपालिका ११ पडरिया चौकमा सोमबार अपरान्ह एक ट्रकले म्याजिक भ्यानलाई ठक्कर दिदाँ दुई महिलासहित ३ जनाको मृत्यु भएको छ ।
सो दुर्घटनामा करीब एक दर्जन यात्रु घाईते भएका छन भने एकको अवस्था गम्भीर रहेको छ ।
पुर्वबाट पश्चिम जाँदै गरेको ना.१ ज. ७४५४ नम्बरको म्याजिक भ्यान पडरिया चौकमा रोकेर यात्रु चढाउँदै गरेका बेला सोही दिशाबाट जाँदै गरेको ना.८ ख २४१५ नम्बरको ट्रकले अपरान्ह ठक्कर दिदाँ म्याजिकमा सबार यात्रुहरूको मृत्यु र घाईते भएको हो।
मृत्यु हुनेहरूमा सिरहाको पुरानो चोहर्वा निवासी ४० बर्षीय गणपति महरा, सिरहाकै बरियारपट्टी गाउँपालिकाका ७० बर्षीया बचियादेवी राम र नाम ठेगाा नखुलेको एक महिला रहेको ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी नायब निरीक्षक मनोज चौधरीले जानकारी दिए ।
घाईतेहरुको उपचार लहानस्थित रामप्रसाद उमाप्रसाद मुरारका स्मारक अस्पताल तथा नरसिंह होमहरुमा भईरहेको ईप्रका लहानले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !