जनकपुरधाम, जेठ २६ गते ।
फ्रुटीको प्याकेटमा नेपाल भित्रियाउन लागेका लागुऔषध सहित एक युवक वीरगंजबाट पक्राउ परेको छ ।
सीमावर्ती भारतीय सहर रक्सौलबाट फ्रुटीको ८ प्याकेटमा कारेक्स नामक लागू औषध ल्याइरहेका बेला मकवानपुरको हेटौंडा उपमहानगरपालिका १ का २६ वर्षीय सुशील अर्याललाई प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार गस्ती सुरक्षा टोलीले भन्सार गेटबाटै राईलाई पक्राउ गरी आवश्यक कारबाही अगाडी बढाएको डिएसपी तिलक खड्काले जानकारी दिएका छन् ।
भारतबाट अवैध रुपमा विभिन्न तरिकाले लागुऔषध भित्र्याउँदा प्रहरीले पक्राउ गर्न थालेपछि अर्याल नयाँ तरिका अपनाएको हो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !