जनकपुरधाम, जेठ २४ गते ।
मेयर र प्राधानाध्यापक बीचको विवादलाई लिएर विद्यार्थीहरुले धनुषाको विदेह नगरपालिकामा तालाबन्दी गरेको छ ।
नगरपालिका वडा नं. ६ तिनकौरिया चोक स्थित समुदायिक विद्यालय मावि गिद्धा बेलापट्टिका विद्यार्थीहरुले प्रधानाध्यापकको सरुवा बदर र विद्यालयको नाममा आएको रकम विद्यालयको खातामा जम्मा गर्नुपर्ने सहितका दुई बुंदे माग राख्दै नगरपालिका कार्यालयको मुख्यद्धार सहित विभिन्न शाखामा तालाबन्दी गरेको छ ।
तालाबन्दी पछि प्रहरीले दुई जना विद्यार्थीलाई नियन्त्रणमा लिएपछि आक्रोसित विद्यार्थीहरुको भीडले प्रहरी चौकी समेत घेराउ गरेका थिए । प्रहरी चौकी घेराउ गरेपछि प्रहरीले तत्कालै पक्राउ गरिएका विद्यार्थीलाई रिहा गरेको थियो ।
करीब दुई महिनादेखि पटक पटक नगरपालिकाका मेयर बेचन दास र विद्यालयका प्रधानाध्यापक पवन मण्डलबीच तनाव तथा विवाद हुँदै आएकोमा शुक्रबार प्रधानाधयपकको समर्थनमा नगरपालिका कार्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।
विद्यालयको विकासको लागि तथा विद्यार्थीहरुको छात्रवृति सहित विभिन्न शिर्षकको लागि नगरपालिकाको खातामा रकम आएपछि अहिलेसम्म विद्यालयको खातामा नदिएको कारण सेवा सुविधाबाट विद्यार्थीहरुलाई बञ्चित गराइएको गुनासो विद्यार्थीहरुको गुनासो छ ।
यता मेयर दासले आफू जनप्रतिनीधिहरु एक कार्यक्रममा रहेको बेला विद्यालयका केही विद्यार्थी तथा बाहिरबाट मगाइएका केही उच्चश्रृंखल व्यक्तिहरुले नगरपालिका कार्यालयमा तालाबन्दी गरेको प्रतिक्रिया दिएका छ्न ।
प्रअ मण्डललाई अवैद्यानिक तथा स्थानीत तहको कानुन विपरित काज सरुवा गरेको भन्दै विद्यार्थी तथा अभिभावकहरु वैशाख महिनादेखि नै विरोध गर्दै आएका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !