काठमाडाै, जेठ २३ गते । संघीय राजधानी काठमाण्डौंमा मधेसी कुट्नेमाथि प्रहरीमा उजुरी दर्ता गरिएकाे छ ।
बिहीवार दिउसो मधेसी अगुवाहरुसंग पीडित महानगरीय प्रहरी बृत सातदोबाटोमा उजुरी दर्ता गराएका हुन् । कुट्ने सहचालक विरुद्ध उजुरी दर्ता पीडितले गराएको मधेसी यूवा पुरुषोत्तम साहले जानकारी दिए ।
गत मंंगलवारका दिन ३ ख ३४४८ नम्बरका बस सह-चालकले रौतहटका अमरुलमियाँलाई कुटपिट गरेका थिए । उजुरी दर्ता भएपछि सह-चालकले माफी माग्दै पीडितलाई उपचारमा लाग्ने सम्पूर्ण खर्च ब्यहोर्ने जिम्मा लिएकाे जनाइएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !