जलेश्वर, जेठ २३ गते ।
महोत्तरीमा एक प्रहरी अधिकारी घुससहित पक्राउ परेकाेे छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बर्दिबासको टोलीले ईलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रमुख प्रहरी नायव निरीक्षक रामबाबु प्रसाद यादव ५ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन्।
यादवलाई टोलीले घुससहित रंगेहात पक्राउ गरेको हो। यादवलाई अनुसन्धानका लागि हिरासतमा राखिएको अख्तियारले जानकारी दिएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !