जनकपुरधाम, जेठ २१ गते ।
प्रदेश २ का सतारुढ दलकै सांसदहरुले सरकारले ल्याएको निति तथा कार्यक्रम विरुद्ध संशोधन प्रस्ताव हाल्ने तयारीमा जुटेको छ ।
आर्थिक वर्ष २०७६÷०७७ का लागि प्रदेश सरकारले ल्याएको निती तथा कार्यक्रम जनतामुखि नभई कार्यकर्ता पाल्न मन्त्रीमुखि भएको आरोप सहित असन्तुष्टि जनाउंदै सत्तारुढ दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरुले संशोधन प्रस्ताव हाल्ने तयारीमा जुटेका हुन ।
तिनीहरुले प्रदेश सरकारले ल्याएको निती तथा कार्यक्रम मन्त्रीहरुको निर्वाचन क्षेत्र लक्षित गरी कार्यकर्ता पाल्ने उद्देश्यले आधार विनाको योजनाहरुमा बजेट ल्याउने गरी ल्याएको हो ठहर गरेको छ ।
सरकारले ल्याएको नीति तथा कार्यक्रम जनताको लागि नभई मन्त्रीमुखि भएको राजपा साँसद विक्की यादबले आरोप लगाएका छ्न । उनले भने प्रदेशका सबै सबै जनताले लाभ पाउने गरी नभई मन्त्रीहरुले आ–आफ्नो क्षेत्रमा मात्र योजना लग्ने खालको नीति तथा कार्यक्रम ल्याएको छ यस विरुद्ध हामीहरु संशोधन हाल्ने छौ ।
भ्रष्टाचारमा लिप्त रहेका मन्त्रीको कार्यकर्ता पाल्न निर्वाचन क्षेत्रको हिसाबले निती तथा कार्यक्रम र बजेट ल्याउने सरकारले कार्य गरेको आरोप लगाउंदै कृषिको उच्च प्राथमिकता रहेको प्रदेशमा सिचाई र कृषि सम्बन्धी कुनै ठोस योजना ल्याउनुपर्नेमा जोड दिएका छन् ।
शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि लगायत प्रदेशमा सबै क्षेत्रको अवस्था नाजुक रहेकोमा वार्षिक कुनै ठोस योजना नल्याई टुक्रे योजनाहरु ल्याएको भन्दै किसानको उत्पादन बढाउने, रोजगारी सृजना गर्न उघु उधोगहरु स्थापनाका लागि विशेष नीति लिने र किसानले उत्पादन गरेको बस्तु प्रदेश सरकारले खरिद गर्ने खालको विशेष योजना ल्याउनुपर्नेमा उनले जोड दिएका छन् ।
त्यस्तै राजपाकै अर्का साँसद नेत्र विक्रम साहले पनि नीति तथा कार्यक्रम जनतामुखी नभई मन्त्रीहरु आफू निर्वा्चित क्षेत्रमुखी योजनाहरु ल्याएको आरोप लगाएका छन् । उनले भने आ आफ्ना कार्यकर्ता पाल्न मठ मन्दिरलाई प्राथमिकतामा राखेर योजना ल्याएमा प्रदेश समृद्ध हुन सक्दैन ।
असंख्य रुपमा पलायन भइरहेको प्रदेशका युवा जनशक्तिलाई रोक्न रोजगार,बन्द उद्योग कलकारखाना पुनः संचालन, महिला, कृषक, स साना किसानहरुलाई आत्मनिर्भर बनाउन उद्यमी वा स्वरोजगार सम्बन्धी कुनै विशेष योजना नल्याई प्रदेश सरकारले भ्रष्टाचार हुने खालका योजनाहरु ल्याएको आरोप लगाउंदै सांसद साहले त्यस विरुद्ध संशोधनको मांग गरेका हौ उनले भने ।
त्यस्तै राजपाकै सांसद रिना यादबले अहिलेको नीति तथा कार्यक्रम जिल्ला भन्दापनि क्षेत्रमुखी र मन्त्रीमुखी भएको टिप्पणी गर्दैे प्रदेशसभाको आगामी बैठकमा नीति तथा कार्यक्रममा संशोधन हाल्ने बताइन् ।
पार्टीको संसदीय दल भित्र मन्त्रीहरुले कुनै छलफल नै नगरी आ आफ्ना क्षेत्र जोगाउन सरकारका समकक्षी दलसंग मिलोमतो गरी मधेशी जनतालाई धोखा दिने काम गरेको आरोप समेत उनीहरुले लगाएका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !