जनकपुरधाम, जेठ १९ गते ।
प्रहरीले अाफ्नै श्रीमतिकाे हत्या गरेकाे अाराेपमा धनुषा जिल्लाको सबैला नगरपालिका ४ बस्ने २२ वर्षीयको रहमत राईनलाई पक्राउ गरेकाे छ ।
सबैला नगरपालीका स्थित जरहिया टोल बस्ने रहमत राईनको २५ वर्षिया श्रीमति नुर जहान खातुन आफ्नै घरमा मृत अवस्थामा भेटिएपछि घटना शंकास्पद बनेकेा थियो ।
प्रहरीले नुर जहान खातुनको शवलाई प्रारम्भिक अनुसन्धान गर्दा निजको घाँटीमा बेरेको सल फुकाई हेर्दा घाँटीको अगाडीको भागमा छाला पिल्सी कालो डाम रही शंकास्पद अवस्थामा देखिएको थियो ।
ईलाका प्रहरी कार्यालय सबैलाका प्रनि चन्द्रभुषन यादवकाे नेतृत्वमा खटिएका प्रहरी टाेलीले घटनाकाे अनुसन्धान गर्दा राईनको घरमा कोही नभएकोले खोज तलास गर्दै जाँदा मृतकको श्रीमान रहमत राईन फरार रहेको थियो ।
खोजतलाशको क्रममा लुकिछिपी बसेको अवस्थामा फेला पारी राइनलाई तत्काल घट्नाको बारेमा सोधपुछ गर्दा मेरो श्रीमतिले पहिला देखि नै अपरिचित नं.हरुमा फोन गरेको विषयमा पहिला देखिनै झै-झग्डा हुदै आएकोमा गत शुक्रबारका दिन पनि अपरिचित नं.मा फोन गर्दै गरेकोले सोही विषयमा विवाद हुँदा मैले श्रीमतिको घाँटीमा रहेको सलले बेरी घाँटी कसी मारेको भनी प्रारम्भिक सोधपुछबाट खुलेको छ ।
रहमत राईन लाई पक्राउ गरी हाल सम्मानित धनुषा जिल्ला अदालत जनकपुरधामबाट म्याद अनुमति लिई ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !