जनकपुरधाम, जेठ १९ गते ।
जनकपुर उपमहानगरपालिका २० देवपुरा रुपैठामा झुण्डिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।
धनुषा प्रहरीले दिएको जानकारी अनुसार सोही उपमहानगरपालिका स्थानीयवासी सुनील झाको छोरा २० वर्षका विवेक झा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
उनी घरभन्दा झण्डै ५० मीटर पर आपको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !