राजविराज , जेठ १८ गते ।
विधुत सर्ट भई सप्तरीको बोदेबरसाईन नगरपालिका ३ स्थित गौरामा भएकाे आगलागीमा ५ घर जलेर नष्ट भएको छ ।स्थानीय राशिन्द्र यादवको घरबाट विद्युत सर्ट भई भएकाे आगलागिमा जयनारायण यादव, काशिन्द्र यादव, ध्रुब कुमार यादव र जागेश्वर यादवको घर आगलागिबाट जलेर नष्ट भएको छ ।
आगलागिमा परि घरमा रहेका अन्नपात, लत्ताकपडा, भाडावर्तन लगायतका सरसामान पूर्णरूपमा जलेर नष्ट भएर करिब ७ लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !