जनकपुरधाम, जेठ १८ गते ।
प्रहरीले धनुषाकाे बटेश्वर गांउपालिकाबाट बन्दुककाे बलमा खाेला उत्खनन् गर्दै अाएका बाबुछाेरा सहितकाे गिराेहलाई अबैध बन्दुक सहित पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा बटेश्वर १ चित्रपुर बस्ने रामचन्द्र महतो र नीजको छोरा मनोज कुमार कुशवाहा र प्रमोद कुमार कुशवाहा रहेकाे ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएकाे छ ।
उनीहरुको साथबाट एक थान अटोमेटिक चाइनिज पेस्तोल र एक थान नलकटुवा बन्दुक बरामद भएको ईप्रका ढल्केवरका प्रनि सरोज राईले बताएका छन्।
पक्राउ परेकाहरुले बन्दुकको बलमा गाउँलेलाई डर त्रास देखाएरे जबरजस्ती खोला उत्खनन गरिरहेकाेे बेला गाउँलेले रोक्न जाँदा ती बावुछोराले बन्दुक देखाएर धपाउन खाेजेेेेकाे जानकारी पाएपछि प्रहरीले उनीहरुलाई समातेकाेे राईले जनाएकाे छ ।
बाबुछोराको बटेश्वर गाउँपालिकामा रितिक नामक क्रसर उधोग सञ्चालन गर्दै अाएकाे छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !