जनकपुरधाम , जेठ १८ गते ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले रेडियो नेपाललाई अनेकतामा एकताको सुत्राधार बन्न सुझाव दिएकाे छ ।
महोत्तरीकाे बर्दीवासमा रेडियो नेपालको प्रदेश २ प्रादेशिक प्रशारण सेवाको समुदघाटन समारोहलाई सम्बोधन यस्ताे बताए ।
मुख्यमन्त्री राउतले मुलुकलाई एउटै भाषा , एउटै भेषको मानसिकता बाट माथि उठाउन प्रादेशिक प्रशारण मार्फत स्थानीय भाषाहरुलाई प्राथमिकतामा राख्न अाग्रह गरे ।
स्थानीय भाषामा प्रशारण गरिने समाचार, सूचना, मनोरंजन तथा सामग्रीहरुले सम्पूर्ण नेपालीहरुमा रेडियो नेपाल प्रतिको अपनत्व बढने उल्लेख गर्दै मुख्यमन्त्री राउतले मैथिली , भोजपुरी , बज्जिका, मगहीका साथै हिन्दी थारु लगायतका भाषाहरुलाई समेत प्राथमिकतामा राख्न आग्रह गरे ।
प्रादेशिक प्रशारणको शुभारम्भ पछि केन्द्रिय प्रशारणमा रहेको मैथिली, भोजपुरी लगायतका भाषाको प्रशारणलाई समेत निरन्तरता दिन मुख्यमन्त्री राउतले आग्रह गरे ।
कार्यक्रममा प्रदेश नं. २का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले रेडियो नेपाललाई सही सूचनाको आधार स्तम्भ बननु पर्ने बताए । उनले प्रदेश नं. २ का सरकार पूर्ण संचारमैत्री रहेको उल्लेख गर्नु हुँदै संचारमा कुनै प्रकारको अवरोध सृजना हुन नदिने प्रतिबद्धता समेत जनाए ।रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभाका सदस्यहरु, स्थानीय तहका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !