लहान, जेठ १७ गते ।
सिरहा जिल्लाकाे नरहा गाउँपालिका ५ स्थित पेट्राेल पम्प नजिक स्कुल बसकाे ठक्करबाट एक माेटरसाईकल चालककाे मृत्यु भएकाे ।
सिरहाबाट चोहर्वातर्फ आइरहेको बा १ ख ६८८५ नम्बरको जेभिम उच्च मा बि गोलबजार को स्कुल बसले स ७ प ९७३८ नम्बरको पलसर मोटरसाइकललाई ठक्कर दिंदा रहमान खानको मृत्यु भएकाे ट्राफिक प्रहरी पोस्ट बिशनुपुरले जनाएको छ।
ठक्करबाट मोटरसाइकल चालक रहमान र पछाडी बस्ने अन्जार भन्ने एक व्यक्ति घाईते समेत भएकाे छ ।
गम्भीर घाइते रहमानलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको छ भने अन्जारको गोलबजारस्थित भुमिजा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बस चालक फरार रहेको ईलाका प्रहरी कार्यालय नरहाले जनाएको छ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !