जनकपुरधाम, जेठ १५ गते ।
आज १२ औ गणतन्त्र दिवसकाे अवसरमा नेपाल सरकार सार्वजनिक विदा कटाैती गरेकाे ।
देशभर विविध कार्यक्रम आयोजना गरी मनाईरहेकाे बेला गृह मन्त्रालयले अबदेखि गणतन्त्र, प्रजातनत्र र बहुदल दिवसकाे अवसरमा विदा नदिने निर्णय गरेकाे छ ।
संविधानसभाको पहिलो बैठकले वि.सं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गतेका दिन विदा दिदै अाएकाे थियाे । झन्डै २ सय ५० वर्षको वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो ।
२०७४ सालसम्म गणतन्त्र दिवसमा विदा हुने गरेको थियो । तर २०७५ सालदेखि यो विदा कटौती गरिएको छ । सरकारले लोकतन्त्र दिवस, गणतन्त्र दिवस, प्रजातन्त्र दिवस जस्ता दिवसलाई एकीकृत गरि ति दिवसको साटो एक दिन बिदा दिएर विशेष दिवस मनाउने निर्णय गरेको हो । यस हिसाबमा अहिले असोज ३ मा संविधान दिवसको अवसरमा मात्र सरकारले सार्वजनिक विदा दिएको छ । अन्य दिवसमा भने कार्यक्रम गर्ने तर बिदा नदिने गरी निर्णय भएको हो।
सरकारले २०७५ चैत्र १ गते प्रकाशित गरेको नेपाल राजपत्रमा पनि गणतन्त्र दिवसलाई राष्ट्रिय रुपमा मनाइने तर कार्यालय खुल्ने विदाको रुपमा सुचिकृत गरेको छ । यस हिसाबमा गणतन्त्र दिवसमा विदा हुने छैन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !