हेटौँडा, जेठ १४ गते ।
मानव बेचबिखन तथा ओसार–पसार घटनामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरी टोली, माइती नेपाल र साना हातहरु नेपालको सहयोगमा हेटौँडा उपमहानगरपालिका १ चौकीटोलबाट एक युवतीसहित दुई युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा नुवाकोट कल्याणपुर गाउँपालिका ९ घर भई हाल भारतको कलकत्ता बस्ने २४ वर्षीया कविता भन्ने मनिका तामाङ, भारतको झारखण्ड राज्यको राँची बस्ने २६ वर्षीय अंशु साहु र सोही ठाउँ बस्ने २३ वर्षीय राजाराम महतो रहेका छन् ।
प्रहरीले उनीहरुलाई दुई युवतीलाई प्रलोभन देखाउँदै काठमाडौँबाट वीरगञ्ज हुँदै भारततर्फ लग्ने क्रममा पक्राउ गरेको थियो । मानव बेचबिखन र ओसारपसारमा संलग्न भएको आरोपमा तीन जनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !