जनकपुरधाम, जेठ १० गते ।
प्रहरी र सरकारी वकिलहरूको दोश्रो प्रादेशिक सम्मेलन प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा शुक्रवारदेखि शुरु भएको छ ।
प्रदेश १ र २ का अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरूको सहभागितामा सुदृढ फौजदारी न्याय प्रशासनको आधार, अनुसन्धानकर्ता र अभियोजनकर्ताको सरोकार भन्ने मूल नारा साथ शुरु भएको छ ।
सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कुनै घटना दुर्घटनामा निर्दोष नफसुन् भन्ने मनसायले मानव अधिकारको व्यवस्था रहेकोले त्यसै अनुरुप प्रहरीले कानूनको पालनाको गर्दै काम गर्नुपर्ने बताए ।
मौलिक अधिकारको रुपमा रहेको मानव अधिकार पिडितहरुकै लागि व्यवस्था हुनाले पिडकलाई सजाय र पिडीतलाई न्याय दिलाउने पक्षमा उभेर प्रहरीले समुदाय सँग मिलेर अघि बढनुपर्ने निर्देशन पनि उनले दिए ।
कार्यक्रममा महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता सन्जिवराज रेग्मीको अध्यक्षता सम्पन्न सो उद्घाटन सत्र कार्यक्रममा प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक हरिबहादुर पाल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव अरुण झा, अपराध अनुसन्धान बिभागका प्रहरी नायब महानिरीक्षक सुर्य प्रसाद उपाध्याय लगायतका वक्ताहरुले पनि आ आफ्ना धारणा राखेका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !