राजविराज, जेठ ९ गते ।
सप्तरी सुरुङ्गा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष २५ हजार घुससहित पक्राउ परेको छ ।
बिहीवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडाअध्यक्ष शिल्टु मियाँलाई घुस सहित पक्राउ गरेको हो । मियाँले एक जना सेवाग्राहीबाट २५ हजार घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो ।
यसैबीच पक्राउ परेका वडाअध्यक्ष मियाँमाथि मुचुल्का उठाई के कति कारणले कुन प्रयोजनका लागि घुस लिइरहेको थियो भन्ने कुराको आवश्यक अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !