जनकपुरधाम, जेठ ८ गते ।
सिरहा प्रहरीले जिल्लाको मिर्चैया नगरपालिका स्थित गोमति गुटखा उद्योगमा छापामारी गरेको छ ।
बुधवार प्रदेश २ को प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय मिर्चैयाको संयुक्त टोली गुट्खा उद्योगले राजश्व छली गर्ने उद्देश्यले राजश्व स्टिकर नलगाई अवैध गुटखा बिक्री वितरण गर्दै आएको खबरको आधारमा छापामारी गरी अवैध गुटखा बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाए अनुसार उद्योगको गोदाम भित्र भण्डारण गरी राखिएका राजस्व स्टिकर नलागेको १४ सय थान गुट्खाको प्याकेटमा बरामद गरिएको छ ।
बरामद गरिएको गुट्खा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि आन्तरीक राजस्व कार्यालय सिरहामा पठाइएको ईप्रका मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) सुकदेब खनालले जानकारी दिएका छ्न ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !