लहान, जेठ ८ गते ।
सिरहाको कल्याणपुर नगरपालिकाका कर्मचारीले सहकर्मीमाथि हातपात भएको विरोधमा बुधवार दिनभरि कामकाज ठप्प पारियो ।
गएको मंगलबार नगरपालिकाका ओभरसियर छेदिकुमार साफीलाई वडा नं. ७ रमपुरा भेडियाका स्थानीय दीपेन्द्र यादवको नेतृत्वमा आएको समूहल कुटपिट गरेको भन्दै दोषीलाई कारवाहीको मांग गर्दै दिनभरि कामकाज ठप्प पारेका छन् ।
कर्मचारीको कामकाज ठप्पले सेवाग्राहीलाई निकै मार्का परेको छ । काम गराउन गएका सेवाग्राहीलाई नगरपालिकामा कामकाज ठप्प छ भनी थाहा नहुँदा कार्यालय पुगेर फिर्ता आउनु परेको थियो ।
गत भदौ–असोजमै वडा नं ७ स्थित आधारभूत विद्यालय रम्पुरा भेडियाको प्रांगणमा माटो पुरेको मूल्यांकन गरिदिन भन्दै आएका यादवसँग कामको सम्झौता र कार्यादेश ल्याउन भनेपछि यादवसँगै आएका एक जनाले आफूमाथि हातपात गरेको ओभरसेयर साफीले बताएका छन् ।
नगर प्रमुख सूर्यनाथ मण्डलले कर्मचारीमाथि भएको हातपातप्रति दुःख व्यक्त गर्दै समस्या समाधानको पहल भइरहेको बताएका छ्न ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !