जनकपुरधाम, जेठ ८ गते ।
धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले अपराध र भ्रष्टाचार न्यूनीकरणका लागि प्रत्येक पालिकामा सिसिटीभी क्यामरा जडान गर्नुपर्ने बताएका छ्न ।
बुधवार जिल्लाको मिथिला नगरपालिका स्थित ढल्केवर ट्राफिक कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रहरी उपरिक्षक खनालले अपराध न्यूनिकरणका लागि सिसिटिभि क्यामराको सबभन्दा बढी जरुरी रहेकाले यसप्रति सबै पालिकामा ध्यान दिनुपर्ने भने ।
उनले भने अपराध अनुसन्धानका महत्व बुझेर मिथिला नगरपालिकाले ढल्केवर चौकको विभिन्न स्थानमा सिसिटिभी क्यामरा जडान गरी सराहनीय काम गरेको हुनाले अन्य पालिकाले पनि सिसिटीभी जडान गर्नुपर्ने आवश्यक छ ।
प्रहरी उपरिक्षक खनालले सिसिटिभी क्यामराले राजमार्ग क्षेत्रमा सवारी दुर्घटना तथा अन्य अपराधका अनुसन्धानमा महत्वपूर्ण सहयोग पुग्ने बताउँदै प्रविधिको जमाना छ, प्रविधिको प्रयोग गर्नैपर्छ भने ।
कार्यक्रमका प्रमुख अथिति तथा मिनपाका प्रमुख हरिनारयाण महतोले तीनलाखको मोटरसाइकल चढनेलाई हेलमेट लगाउन प्रहरीले सिटी फुक्नु पर्ने दुर्भाग्यपूर्ण अवस्था रहेको धारणा राखे ।
सो कार्यक्रममा जनकपुरका समाजसेवी अनिल चन्द्र मिश्र, मिनपाका उपप्रमुख तारा लामा बस्नेत र महिला सञ्चालका प्रतिनिधि कल्पना कडारीले ट्राफिक प्रहरी निरीक्षक दिपक कुमार साह लगायतका व्यक्तिहरुले आ आफ्ना धारणा राखेका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !