जनकपुरधाम, जेठ ८ गते ।
महोत्तरीमा मोटरसाइकलको ठक्करबाट एक जंगली हिरण मारिएको छ भने दुईजना घाइते भएको छ ।
बुधवार विहान जिल्लाको बर्दिबास नगरपालिका ५ स्थित पुर्वपश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ गइरहेको गरेको को २४ प १०२१ नम्बरको मोटरसाईकलले जंगली हरिणसंग ठक्कर दिदां हरिणको घटना स्थलमै मारिएको छ भने मोटरसाइकलमा बसेकाहरु गम्भीर घाइते भएको छ ।
सो दुर्घटनामा घाइते हुनेहरुमा सवारी चालक सप्तरी जिल्ला तिरहुत गाउँपालिका ३ का प्रमोद यादव र मोटरसाइकलमा पछाडि बसेका सोही ठाउँका उमेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
घाइते दुबैको स्थानीय शुभ स्वस्तिक मेडिकल सेन्टरमा उपचार भेरहको छ ।
यसैबीच महोत्तरीको सम्सी गाउँपालिका ४ गैंठाभेटपुर स्थित पोखरीमा डुबेर २ वर्षिका एक बालिकाको मृत्यु भएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार घर नजिकैको पोखरीमा डुबेर मृत्यु हुनेमा स्थानीय भगलु महराको छोरी रानीकुमारी महरा रहेको छ । शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइसकिएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !