जनकपुरधाम, जेठ ८ गते ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रथम स्वर्ण पदक विजेता अजितकुमार यादवलाई प्रदेश सरकारको तर्फबाट पुरस्कृत गरेको छ ।
गत चैत महिनामा हङकङमा सम्पन्न थर्ड एसियन युथ एथलेटिक्स च्याम्पीयनशिप २०१९ का स्वर्ण पदक विजेता सप्तरीको राजविराज नगरपालिका १२ निवासी अजितलाई मुख्यमन्त्री राउतले पाँच लाख ११ हजारको चेक हस्तान्तरण गर्दै पुरस्कृत गरेको छ ।
३ हजार मिटरको दौड ८ मिनेट ३० सेकेण्डमा पुरा गर्दै यादव स्वर्ण पदक विजेता भएका हुन । नेपालको इतिहासमा एथलेटिक्समा स्वर्ण पदक जित्ने अजित पहिलो खेलाडी हुन ।
पुरस्कृत गर्दै मुख्यमन्त्री राउतले अजितले विदेशी भूमिमा विजेता बनेर प्रदेशको नाम गौरान्वित गरेकोमा निकै खुशी लागेको छ । प्रदेशका अन्य खेलाडीहरुलाई पनि प्रदेश सरकारले प्रोत्साहन गर्ने प्रतिबद्धता जनाए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !