जनकपुरधाम, जेठ ७ गते ।
फेसबुक समाजिक सञ्चाल मार्फत साथी बनाउने, प्रेम गर्ने लगायतका क्रियाकलाप बढदै गएको क्रममा यसको दुष्परिणाम एक १५ वर्षिय किशोरीलाई भोग्नु परेको छ ।
फेसबुक मार्फत साथी बनाएर जनकपुरका एक युवकले काठमाडौ ललितपुरकी एक किशोरीलाई ६ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको रहस्य खुलेको छ ।
जनकपुरधाम उपमहानगरपालिका शिवचोक बस्ने अन्दाजी २५ बर्षिय उत्सव गुप्ताले ललितपुर जिल्ला सातदोबाटो बस्ने एक १५ बर्षिय किशोरीलाई ६ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको रहस्य बाहिरिएको हो ।
फेसबुक मार्फत नै उनीहरु सम्पर्कमा आएका थिए भने उत्सवले ती किशोरीलाई विभिन्न प्रलोभन दिएर फकाएका थिए । फेसबुक मार्फत नै उनीहरुबीच सम्पर्क भएपछि केही दिन गगाडी ती किशोरीलाई उत्सवले भेट्न बोलाएका थिए ।
भेटन आएपछि उनलाई आफ्नो मोटरसाईकलमा राखेर अपहरण गरी गुप्ताले आफ्नो कोठामा लगेर ६ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको महानगरीय प्रहरी वृत सातदोबाटो ललितपुरले जनाएको छ ।
किशोरी बेपत्ता भएपछि प्रहरीले खोजविन सुरु गरेका थिए । गुप्ताले प्रहरी खोज्न थालेको खबर पाएपछि युवतीलाई महालक्ष्मी स्थानमा लगेर छाडेपछि फारर भएका छन् । गुप्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !