जनकपुरधाम, जेठ ७ गते ।
दलित तथा विपन्न परिवारहरुको घरमा शौचालय बनाईदिने प्रदेश २ का मुख्यमंत्री लालबाबु राउतले प्रतिबद्धता जनाएको छ ।
जनकपुरधाममा महोतरी र धनुषाका लागि आयोजित खुल्ला दिशामुक्त अभियान सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमंत्री राउतले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
उनले आर्थिक अभावले शौचालयबाट वंचित गरहेका गरीब, दलित र विपन्न परिवारहरुको तथ्यांक संकलन गरी प्रदेश सरकारमा बुझाउन पालिकाहरुलाई निर्देशन दिए ।
मुख्यमंत्री राउतले आर्थिक अभाव भन्दापनि कतिपयले बाहिर दिशा गर्ने आदतका कारण पनि शौचालय बनाउन नचाहेको बताए । उनले असारभित्र प्रदेश २ लाई खुल्ला दिशामुक्त गर्न पालिका प्रमुखहरुसंग अपिल समेत गरेका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !