जनकपुरधाम, जेठ ५ गते ।
नेपाल टेलिकमको मोबाइलबाट अब दश पैसामा कुरा गर्न सकिने छ ।
आम ग्राहकको हितलाई ध्यानमा राखी नेपाल टेलिकमका मोवाइलबाट दश पैसामै एक मिनेटसम्म कुरा गर्न सकिने सुविधा उपलब्ध ल्याएको छ ।
कम्पनीले ०७६ बैशाख १ गतेबाट ‘डे भ्वाइस प्याक’ योजना अन्तर्गत यस्तो सुविधा उपलब्ध गराइ रहेको छ । यो सेवा उपभोग गर्नका लागि मोवाइलमा ख्इक्ष्ऋभ्ढण् लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ ।
जम्मा ९ रुपैयाँले बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १२ घण्टाको अवधिमा ९० मिनेटसम्म कुराकानी गर्न सकिनेछ । यो सुविधा कम्पनीका जिएसएम र सिडिएमएका प्रिपेड र पोस्टपेड दुवैथरी मोवाइलका ग्राहकहरुका लागि उपलब्ध रहेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !