जनकपुरधाम, जेठ ५ गते ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बैंकहरुलाई मुनाफाबाट प्रदेश विकासमा सहयोग गर्न आग्रह गरेका छ्न ।
आइतवार एनआइसी एसिया बैंकको जनकपुर स्थित पिराडी चौक दोश्रो शाखा कार्यालयको उद्घाटन गदै मुख्यमन्त्री राउतले बैंकहरुले मुनाफा कमाउँछन तर समाजिक क्षेत्रमा लगानी देखिदैन, यस प्रदेश भित्र रहेका बैंकहरुले प्रदेशको शिक्षा, स्वास्थ्य सहितका विकास निर्माणमा सहयोग गर्न आग्रह गरे ।
उनले भने वाणिज्य बैंकहरुलाई आर्थिक क्षेत्रका साथै समाजिक क्षेत्रमा समेत उत्तरदायी हुनु पर्छ निक्षेप संकलनका साथै लगानीको क्षेत्र समेत बढाउन सुझाव दिए ।
अहिलेको लगानी अनउत्पादक क्षेत्रमा बढी भएको उल्लेख गर्नु हुँदै उहाँले प्रदेश सरकारको प्राथमिकता अनुसार कृषि, रोजगार लागयतको क्षेत्र पहिचान गरि लगानी बढाउनु पर्ने सुझाव दिए ।
कार्यक्रममा नीति आयोगका सदस्य डा. सुरेन्द्र झाले बैंकहरुलाई प्रदेशको आर्थिक विकासका लागि कृषि क्षेत्रमा किसानहरुलाई ऋण उपलब्ध गराउन आग्रह गरे । उनले भने हाम्रो प्रदेश कृषिमा निर्भर रहेकोले किसानहरुलाई सहुलियत दरमा बैंकहरुले ऋण उपलब्ध गराउनुपर्छ ।
एनआइसी एसिया बैंक पिराडी शाखाका प्रवन्धक जितेन्द्र साहको अध्यक्षतामा भएको उक्त समारोहमा नीति आयोगका सदस्य डा. सुरेन्द्र झा, प्रमुख जिल्ला अधिकारी प्रदीप राज कडेल, बैंकका प्रदेश प्रमुख प्रकाश चन्द्र अधिकारी लगायका व्यक्तिहरुले पनि आ आफ्ना धारणा राखेका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !